काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय (सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच) छलफल सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरु भएको हो। छलफलमा सरकारकातर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको सहभागिता छ।
दलकातर्फबाट दोस्रो तहका नेताहरूको सहभागिता छ। जसमा कांग्रेसकातर्फबाट प्रवक्ता डा प्रकाशशरण महत, एमालेकातर्फबाट महेश बर्तौला र क्षितिज थेबे, माओवादीकातर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट डा. स्वर्णिम वाग्ले र नेकपा एसबाट उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत अन्य नेताहरूको पनि सहभागिता छ।
यस्तै जेन-प्रतिनिधिकारुपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगरको सहभागिता छ।
यसअघि कात्तिका ४ गते प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग छलफल गरेकी थिइन्। यस छलफल फागुन २१ गते हुने निर्वाचनको माहोल बनाउन गर्न लागिएको हो।
तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































