- सिप्रदी अटोपार्ट्सले नोभेम्बर ७ मा लक्की ड्रको ग्राण्ड रिभिल गर्दै ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्ने घोषणा गरेको छ।
- नोभेम्बर ६ सम्म सहभागी भई ग्राहकहरूले बजाज पल्सर मोटरसाइकल, स्कुटर, स्मार्ट टिभी र क्यासब्याक कुपन जित्न सक्छन्।
- टाटा जेन्युइन पार्ट्सले सवारीसाधनको दीर्घायु र प्रदर्शन उत्कृष्ट बनाउँदै प्राथमिक सवारी प्रयोगकर्तामा विश्वास जितेको छ।
काठमाडौँ- सिप्रदी अटोपार्ट्स प्रा. लि. ले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” अन्तर्गत बहुप्रतीक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१) मा गर्ने भएको छ।
ग्राहकहरूले यस योजनामा नोभेम्बर ६ (कार्तिक २०) सम्म सहभागी भएर विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन्। विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणमा गरिनेछ।
यस अफरअन्तर्गत सहभागी ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ। प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसि मोटरसाइकल राखिएको छ। साथै टिभिएस एनटर्क १२५ सिसि स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि पुरस्कारमा समावेश छन्। हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधन प्रयोगकर्ताबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। अफर नोभेम्बर ६ (कार्तिक २०) सम्म मात्र मान्य रहने भएकाले, ग्राहकहरूले समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरिएको छ।
सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स, र टाटा ड्युराफिट पार्ट्स ले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूको दीर्घायु सुनिश्चित गर्ने मात्र नभई गाडीको प्रदर्शन पनि उत्कृष्ट बनाउँछन्। यी पार्ट्स उच्च गुणस्तरका र टाटाद्वारा प्रमाणित भएकाले नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो विकल्पको रूपमा रोज्दै आएका छन्।
नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. ले देशभरका ग्राहकहरूलाई सधैं सक्कली पार्ट्स र गुणवत्तापूर्ण सेवा प्रदान गर्दै विश्वासको यात्रा निरन्तरता दिइरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































