धनगढी- कैलालीको तेघरीमा बसको ठक्करबाट मृत्यु भएकी जेष्ठ नागरिककाे शव अझै उठेको छैन ।
६ घण्टादेखि शव सडकमै हुँदा सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् । साना सवारीसाधन सञ्चालन भएपनि चार पाङ्गग्रे सवारीसाधन भने सञ्चालनमा नआएको प्रहरीले जनाएको छ ।
बुधबार (आज) बिहान ६ बजे भिमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित तेघरी ब्यारेक नजिक दिपायलबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको रात्री बसको ठक्करबाट स्थानीय ८२ वर्षीय दिलमाया शिरिषको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिने बस सहित चालक गोदावरी- १ बस्ने ५२ वर्षीय टेकराज भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
अहिले दुई पक्षबिच छलफल भईरहेकाे प्रहरीले जनाएकाे छ ।

भर्खरै
लोकप्रिय






































































































































































































