
काठमाडौँ – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीका अवसरमा राप्रपा नेपालले चियापान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेता पशुपति शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, अर्थमन्त्री विष्णु पौडेल, भीम रावललगायत उपस्थित थिए।
चियापानमा पुगेकाहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीलगायत नेताहरुले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए।