
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन्।
चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, नेता भिम रावललगायत उपस्थित थिए।
आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाइएको छ।