
नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाह ‘सामाजिक’ भ्रमणमा लखनऊ प्रस्थान गरेका छन्।
बिहान साढे दश बजे पूर्वराजा, पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ प्रस्थान गरेका हुन्।
पूर्वराजाका सचिवालयले लखनउ यात्रालाई ‘घुमफिर’ भनेको छ। चार दिने लखनउ भ्रमणमा राजाले क–कसलाई भेट र के गर्छन् भन्ने खुलाइएको छैन ।
नेपालका शाहवंशीय राजाहरु गोरखनाथको उपासक रहेको र मुख्यमन्त्री आदित्यनाथ गोरखनाथ पीठका प्रमुख भएकाले उनीहरुको बीच भेट हुन सक्ने निकट स्रोतले बतायो ।
मुख्यमन्त्री हुनुभन्दा पहिला योगी नेपालमा राजसंस्थासहित मुलुकको हिन्दुराष्ट हैसियत पुनर्स्थापित हुनु पर्नेबारे खुलेरै लाग्दै पनि आएका थिए।
पूर्वराजा २७ गते नेपालगञ्ज फर्किने तालिका छ।
यो पनि हेर्नुहोस्:
पूर्वराजा आउने भन्नेबित्तिकै बागेश्वरीमा ठेलमठेल
दाङमा पूर्वराजाको उपस्थितिमा लाग्यो यस्तो नारा