हुम्लाका विद्यालयमा घट्दै विद्यार्थी संख्या

हुम्लाका विद्यालयमा घट्दै विद्यार्थी संख्या
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लाका सात वटा गाउँपालिकाका विद्यालय बर्सेनि विद्यार्थी घट्ने क्रम जारी रहेको पाइएको छ। भूगोल ठूलो र एक बस्तीबाट अर्को बस्तीमा पुग्न समय लाग्ने भएका कारण बस्तीपिच्छे विद्यालय सञ्चालन गरिँदा यस्तो अवस्था आएको हो।

शिक्षा विकास तथा समन्वय इकाइले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लामा सञ्चालनमा रहेका जम्मा विद्यालयमध्ये विद्यार्थी घट्ने क्रम बढ्दै गएको छ।

हुम्लामा एक सय ४५ सामुदायिक, एउटा धार्मिक र पाँच वटा संस्थागत गरी १ सय ५१ वटा विद्यालय छन्। इकाइका अनुसार यसरी एक सय जनाभन्दा कम विद्यार्थीले अध्ययन गर्दै आएका विद्यालयमा नाम्खामा १३, सिमकोटमा दश, खार्पुनाथमा नौ, सर्केगार्डमा १८, चङ्खेली गाउँपालिकामा १७, अदानचुली गाउँपालिकामा सात र ताँजाकोट गाउँपालिकामा आठ वटा विद्यालय छन्।

गाउँपालिकाअनुसार संख्यात्मक हिसाबले नाम्खामा १४, सिमकोटमा २५, खार्पुनाथमा १७, सर्केगार्डमा ३३, चङ्खेलीमा २४, अदानचुलीमा बीस र ताँजाकोट गाउँपालिकामा १७ वटा विद्यालय छन्। जिल्लामा रहेका ५४ दशमलव ३० प्रतिशत विद्यालयमा एक सयभन्दा कम विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

यस्तो विद्यार्थी संख्या रहेका विद्यालय अधिकांश बालविकासदेखि कक्षा आठसम्म अध्ययन गर्ने विद्यालय छन्।
पछिल्लो समय गाउँपालिका केन्द्र, सदरमुकाम र जिल्लाबाहिर अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेपछि दूरदराजका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कम हुँदै गएको पाइएको होे।

यो बीचमा नाम्खा गाउँपालिकामा दुई र सिमकोट गाउँपालिकामा एउटा विद्यालय विद्यार्थी नभएकै कारण बन्द गरिएका छन्।
जिल्लाका विद्यालयमा सत्र हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएका छन्। यसका लागि प्रावि, निमावि, मावि, कक्षा एघार र बाह्रका लागि दरबन्दी र राहत गरी ५ सय २३ जना शिक्षक कार्यरत छन्।

सात वटा विद्यालयमा १३ भन्दा कम विद्यार्थी

यसैबीच, जिल्लामा रहेका जम्मा विद्यालयमध्ये सात वटा विद्यालयमा १३ जना विद्यार्थी अध्ययन गर्दै आएको इकाइ प्रमुख आलेमगरले बताए। यसमा नाम्खा गाउँपालिका खृपानी आविमा चार जना, नमोबुद्धमा ६ जना विद्यार्थी छन् भने सिमकोट गाउँपालिकाको महाकालमा दश जना, जनज्योतिमा १३ जना र सर्किदेउ आविमा ११ जना विद्यार्थी अध्ययन गर्दै आएका छन्।
सर्केगार्ड गाउँपालिकाको जनप्रेमी आविमा पनि १२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?