पाँचखालमा सात सय जनाको आँखा परीक्षण

पाँचखालमा सात सय जनाको आँखा परीक्षण
+
-

काभ्रेपलाञ्चोक –काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सात सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ।

नगरले बिहीबारदेखि स्थानीय आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्त रुपमा नगरको ११ वटा वडामा चार दिनसम्म मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो। शिविरबाट सातसयभन्दा बढीको आँखा परीक्षण गर्दा एक सय ५० जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको संस्थाले जनाएको छ। शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ। आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा आँखाका बिरामीको शल्यक्रिया सुरु गरिएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए।

‘आजदेखि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेका छौँ”, उनले भने। शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि सामग्री एवं औषधिको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए।

शिविरका लागि मातृका आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो। चार दिने शिविरअन्तर्गत पाँचखालको विभिन्न ११ स्थानमा शिविर सञ्चालन गर्दा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको हो। संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए।

साथै पनौती नगरको वडा नं ७ स्थित स्वास्थ्य चौकीमा आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन सुरु गरिएको छ। नगरले बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल र लायन्स क्लब अफ पनौतीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार क्लिनिक सञ्चालन सुरु गरिएको हो। रेयुकाई आँखा अस्पतालका दृष्टि विशेषज्ञसहितको टोलीले सेवा दिने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?