
काठमाडौं- रित्तो गाग्री लिएर सिंहदरबार छिरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ।
मंगलबार धरानको खानेपानी समस्या लिएर सांकेतिक रुपमा रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय जान लागेका उनको साथबाट प्रहरीले गाग्री खोसेको हो।
सोमबार धरानबाट रित्तो गाग्री बोकेर काठमाडौं आएका उनी आज खानेपानी मन्त्रालयसँगै अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत जाने जनाएका छन्।
हर्क आज बिहान १० बजे सिंहदरबार जाने भनेपछि सिंहरदबार परिसरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो। यतिबेला सिंहदरबारभित्र पनि प्रहरीको बाक्लो उपस्थिति छ।
हर्क आज बागबजारबाट सिंहदरबार आएका हुन्। त्यहाँ आउने क्रममा उनी हनुमानस्थानबाट रित्तो गाग्री बोकेर हिँड्दै सिंहदरबार पुगे।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क रित्तो गाग्री लिएर काठमाडौं आएका हुन्।
थप तस्बिरहरू: