
काठमाडौँ- नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको चौथो सँस्करण आयोजना गरिएको छ।
प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथन आयोजना गरिएको हो। हाफ म्याराथनमा पुरुषको १० किलोमिटर, महिलाको ५ किलोमिटर, १२ कक्षा सम्मका पुरुष विद्यार्थीहरूको ५ किलोमिटर र महिला विद्यार्थीहरूको ३ किलोमिटर, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा भएको हो ।
हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शनिवार बिहान सुरु भएको हो। रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुंगिने आयोजकले जनाएको छ ।
हाफ म्याराथनमा विजय हुने दुवैले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
महिलामा ५ किलोमिटरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियर तर्फ महिला र पुरुषको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन् ।
थप तस्बिरहरूः