
काठमाडौं- यती एयरलाइन्सले एआरटी-७२-५०० कल साइन भएको नयाँ विमान भित्र्याएको छ। यतिले फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौं ल्याइएको हो।
उक्त विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुलीले उक्त विमान उडाएर ल्याएका हुन।
एआरटी-७२-५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो। यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा ब्त्च् ठद्द(छण्ण् संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ।
एआरटी-७२-५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदि हुन्।
यो एआरटी-७२-५०० विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेड बाट खरिद गरीएको हो र यो नेपालमा एआरटी-७२७२ विमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ।
यो विमान थपिंदा यति एयरलाइन्सले एआरटी ७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ साथै यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्राउने लक्ष्यलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।