२२ माघदेखि कर्णालीमा एचपिभी खोप अभियान सञ्चालन गरिने

२२ माघदेखि कर्णालीमा एचपिभी खोप अभियान सञ्चालन गरिने
+
-

सिमकोट – कर्णाली प्रदेशमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अभियानको तयारीबारे जानकारी गराएको हो।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एचपिभी भाइरसका कारण पाठेघरको मुखको क्यान्सर मात्र नभई यौनाङ्गमा आउने मुसा तथा अन्य क्यान्सरसमेत हुन सक्ने भएकाले १० देखि १४ वर्षसम्मका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने बताए। खोप सुरक्षित भएकाले कुनै भ्रममा नपर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई खोपको प्रचार–प्रसारमा सहयोग गर्न उनले अनुरोध गरे।

अभियानलाई प्रभावकारी बनाउन पालिकाका आधारभूत र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूलाई समेत समन्वय गर्न आग्रह गरिएको छ। नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोपलाई प्राथमिकतामा राख्दै पहिलो चरणमा कास्की र चितवनमा अभियान सञ्चालन गरेको थियो। आगामी २०८१ माघदेखि देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रिय खोप कार्यक्रम सन् २०३४ बाट सुरु भई हाल १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत १३ प्रकारका खोप वितरण हुँदै आएको छ। नेपाल सरकारले खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने प्रमुख उपायका रूपमा अघि बढाएको छ। पोलियो रोग निवारणका लागि प्रभावकारी खोप अभियान सञ्चालन भइरहेको छ।

कर्णालीमा सञ्चालन हुने एचपिभी खोप अभियानले प्रदेशमा किशोरीको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरूको विश्वास छ। यो अभियानबाट ९८ हजार ८५३ जना छात्रा लाभान्वित हुने विश्वास गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?