प्रदेश सरकारले धुमधामसाथ संविधान दिवस मनाइरहँदा संसद अगाडि सांसदले मनाए- ‘असोज तीन कालो दिन’

प्रदेश सरकारले धुमधामसाथ संविधान दिवस मनाइरहँदा संसद अगाडि सांसदले मनाए- ‘असोज तीन कालो दिन’
+
-

धनगढी- प्रदेश ७ को सरकारले धुमधामका साथ संविधान दिवस मनाइरहँदा कैलालीमा राट्रिय जनता पार्टी (राजपा) का सांसदले भने कालो दिनका रुपमा संविधान दिवस मनाएका छन्।

थरुहरु/थारुवान सङ्घर्ष समितिको आयोजनामा राजपाका सांसद कृष्णबहादुर चौधरी र मालामती रानाले सविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाएका हुन्।

सरकारले संसद भवन पछाडि धनगढी रंगशालामा संविधान दिवस मनाइरहँदा राना र चौधरी भने संसद भवनअगाडि पार्क मोडमा संविधान दिवसलाई कालो दिनका रुपमा मनाउँदै थिए।

कैलाली कञ्चनपुरसहित चितवनसम्मको भुभागलाई समेटेर थरुहट प्रदेश कायम गर्नुपर्ने, सविधान सशोधन गरी थारुहरुका माग पूरा गर्नुपर्ने, टिकापुर घटनाको आरोपमा पुरपक्षका लागि थुनामा रहेकालाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाएको बताएका छन्।

विरोध सभामा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाले सविधान दिवसको अवसरमा थारुहरुलाई कालो दिन मनाउन बाध्य बनाइएको आरोप लगाइन्।

 

उनले संविधान संशोधन गर्दै थारुहरुका अधिकार सुनिश्चित गर्न आग्रह गरिन्।

जबसम्म सविधान संशोधन हुँदैन, तबसम्म संविधानलाई कालो दिनका रुपमा मनाइरहने समेत उनले सरकारलाई चेतावनी दिइन्।

अर्का सांसद कृष्णबहादुर चौधरीले सदियौँदेखि उत्पिडनमा परेका थारु समुदायको उत्थानका लागि सविधान सशोधन गर्न सरकारसमक्ष माग गरे।

थरुहट/थारुवान संयुक्त सङघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुले आफना माग पूरा नभए टीकापुर घटनाजस्तै अर्को घटना दोहोरिनसक्ने चेतावनी दिए।

थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले क्याम्पसचौकदेखि पार्क चौकसम्म नाराबाजीसहित विरोध र्‍याली निकाल्ने तयारी गरे पनि प्रहरीले अवरोध गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?