
काठमाडौं- प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार १ बजेपछि सुरु भएको हो ।
बैठक सुरु हुनेवित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरुले उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि वातावरण बनाउन बारबार आग्रह गरेपनि रास्वपाका सांसदको विरोध जारी छ ।
‘माननीय सदस्यहरु यिनै कुराहरु राख्न आज १ बजेदेखि यो सभा सञ्चालन गर्ने र आजको मितिको कार्यसूचि तय भएको कुरा म फेरी माननीय सदस्यहरुको ध्यानार्षण गराउछु’, सभामुख घिमिरेले दोहोर्याउँदै भनिरहेका छन्, ‘यहाँहरुलाई दिएको समयभित्र राख्नुपर्ने विषयबस्तु राख्दाखेरी कुनै अन्यथा ठान्नुपर्ने र हुनुपर्ने स्थिति छैन । त्यले गर्दाखेरि दिएको समयभित्र आफ्नो पालोमा कुराहरु राख्नका लागि म अनुरोध गरिसकेको छु । फेरि म अनुरोध गर्छु ।’
थप तस्बिरहरू: (बर्षा शाह)