धनगढीबाट सरकारलाई महतोको चेतावनी, ‘धैर्यको बाँध सकियो, अब फुट्न सक्छ’

धनगढीबाट सरकारलाई महतोको चेतावनी, ‘धैर्यको बाँध सकियो, अब फुट्न सक्छ’
+
-

धनगढी- राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आश्वासन मात्रै बाँडेको आरोप लगाएका छन्।

राजपा जिल्ला कार्य समिति कैलालीले बुधबार धनगढीमा आयोजना गरेको ‘असोज तिन कालो दिन’ विरोध सभामा महतोले अझै आश्वासन मात्रै बाँडे चुप लागेर नबस्ने सरकारलाई चेतावनी दिएका छन्।

‘धेरै भयो हामी पर्ख र हेरको अवस्थामा बसेको,’ उनले भने, ‘धैर्यको पनि बाँध हुन्छ। त्यो बाँध सकिएको छ। फुट्न सक्छ।’

‘संविधान सशोधन गर्छु भन्यो, तीन वर्ष सम्म पनि गरेनन्। टिकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेकालाई छुटाउँछु भनेर उल्टै सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिएर सपथ खुवाउनुपर्नेमा जेल हाले,’ उनले गुनासो गरे, ‘यस्तै हो भने हामी सडकमा उत्रिन्छौँ। थरुहट र मधेसी जनतालाई सडकमा उतार्छौ।’

उनले टीकापुर घटना अपराधिक नभई राजनीतिक भएकाले पुर्पक्षका लागि कारागारमा रहेका २६ जनालाई रिहा गर्न र कैलाली–१ बाट विजयी रेशमलाई प्रमाणपत्र दिएर सांसदको सपथ खुवाउन आग्रह गरे।

उनले मधेसी तथा थारुहरुलाई गोली हानेर संविधान जारी गरिएको र त्यसपछि संविधानमा संशोधन नभएका कारण संविधान दिवसलाई कालो दिनका रुपमा मनाएको बताए।

‘संविधान जारी भएको तीन वर्ष भयो। हामीले संशोधनको माग गर्दै आन्दोलन गर्दै आएको पनि तीन वर्ष भयो,’ उनले थपे, ‘न संविधानमा केही परिवर्तन भएको छ, न त हाम्रो आन्दोलनमै।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?