
काठमाठौं –शिखर सुजले नजिकिँदै गएका बडादसैँ, तिहार, छटलगायत चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ।
शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ।
दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर पनि भएकाले ग्राहकको रोजाइ अनुसार नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको कम्पनीले जनाएको छ।
पार्टी, स्पोर्टस्, क्याजुअल र अन्य जुत्तामा २५ भन्दा बढी डिजाइन छन्।
नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा परेर नम्बर एक ब्राण्ड बन्न पुगेको शिखरले लेडिज तथा जेन्स स्यान्डल, पार्टी शु, कलेजरस्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस्लगायतका जुत्ता बजारमा ल्याएको छ। शिखरले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ।
उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन्। उद्योगले काठमाडौं र विराटनगरमा शुकन्भेयर मेसिन, पियू (पोली युरेथेन) मेसिन र डिएमएस (बुट बनाउने) मेसिनलगायतका स्वचालित प्लान्ट राखेर जुत्ता उत्पादन गर्छ।
कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिदै आएको छ।