अछाम घटना: फाेनबाट लभ पर्‍यो, पहिलो भेटमै हत्या

अछाम घटना: फाेनबाट लभ पर्‍यो, पहिलो भेटमै हत्या
+
-

धनगढी- अछाममा मृत भेटिएकी दुई किशाेरीकाे हत्या गरेकाे खुलेकाे छ। शनिबार ढकारी गाउँपालिका- १ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको प्रहरीले सार्वजनिक गरेकाे हो।

गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट शनिबार छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका- ८ की दुवै किशोरको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको खुलेको हो।

हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका- ३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउसमेत परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) ईश्वरीप्रसाद भण्डारीले दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको बताएका छन्।

मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो। उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्‍याइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन।

बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोशेली लिएर फुपुको घरमा पुगेका थिए। फुपुको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजना बनाउँछन्। उनीहरूबीच टेलिफोन संवाद हुन्छ। गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने तय हुन्छ। दुवै किशोर घुमफिर गरेर आउने भन्दै शुक्रबार बिहानै फुपुको घरबाट निस्किन्छन्। फुपुको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनिसँगै लिएर उनीहरू किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लाग्छन्।

दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरू छिन्ने जंगलमा पुग्छन्। त्यतिबेलासम्म इशरा र सरस्वती पनि बाख्रा लिएर घरबाट त्यहाँ आइसकेका थिए। इशरा र सरस्वतीसँग उनीहरू तीनै जना एकसाथ भेट्छन्।

ईशरासँग टेलिफोनमा संवाद गर्दै आएका राजेश बुढा(नाम परिवर्तन) ले चुन्नी(दोपट्टा) साट्छन्। त्यही क्रममा दिपेशले इशरासँग आफ्नो पनि टेलिफोनमा कहिलेकहीँ कुराकानी हुने गरेको भन्दै आफ्नो प्रेमिका भएको बताउँदै समान्य विवाद गर्छन्।

त्यसपछि इशरा र राजेश छेउ लागेर आपसमा प्रेमका कुरा गर्छन्। त्यही बेला फुपु सरस्वतीसँग दिपेशको कुराकानी चल्छ। कुराकानीका क्रममा दिपेशले प्रेम प्रस्ताव राख्दै इशारा र राजेश जस्तै पछि विवाह गर्ने शर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन्। तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन्।

प्रहरीलाई स्वयं दिपेशले दिएको बयानअनुसार सरस्वतीसँग यौन सम्पर्क गर्ने उत्सुकता उनमा पलाएको थियो। प्रेम प्रस्ताव अस्वीर गरेपछि उनी यौन सम्पर्कका लागि जोडबल गर्न थाल्छन्। दिपेशले जबरजस्ती गर्न खोजेपछि उनी प्रतिवाद गर्छिन्।

आवेशमा आइसकेका दिपेशले नजिकै भएको ढुंगाले उनको मुखमा प्रहार गर्छन्। सरस्वती भुँइमा लडेपछि पुनःप्रहार गर्दै उनको निर्मम हत्या गर्छन्। त्यतिबेलासम्म इशरा र राजेशले यो कुरा थाहा पाउँदैनन्। हत्या लुकाउन माथिबाट ढुंगा खसाउछन्।

प्रहरीकाअनुसार ढुंगा खसेको आवाज आएपछि इशरा र राजेश घटनास्थलमा आइपुग्छन्। त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन्। दिपेशले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको दाबी गर्छन्। तर इशराले भने फुपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताउँछिन्।

घटना बाहिर आउने डरले दिपेश र राजेशले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन्। इशरासँग निकै आक्रोशित भइसकेका उनका प्रेमी राजेश बुढाले नै ढुंगा प्रहार गर्छन्। ढुंगा प्रहार गरेरै सरस्वतीको जस्तै इशाराको पनि हत्या गर्छन्। इशराको हत्या भने दुवै किशोरको योजनाअनुसार भएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ।

हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरूले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौं ढुंगा खसालेका छन्। एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे? भन्ने कोणबाट प्रहरीले प्रारम्भीक अनुसन्धान अघि बढाएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?