बाढीपहिराका कारण सुन्तलाको उत्पादनमा कमी

बाढीपहिराका कारण सुन्तलाको उत्पादनमा कमी
+
-

काभ्रेपलाञ्चोक –  असोजको बाढीपहिराेका कारण यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तलाको उत्पादन कमी भएको छ। अघिल्ला वर्षमा दुई प्रतिशतले कमी हुँदै आएको सुन्तला उत्पादन यस वर्ष बाढीपहिराका कारण बगैँचामा क्षति पुग्दा छ दशमलव ७० प्रतिशतले गिरावट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जिल्लामा यस वर्ष सात हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि करिब पाँच सय मेट्रिकटन कमी भएको छ। जिल्लाको कूल क्षेत्रफलमध्ये करिब एक हजार तीन सय हेक्टर अर्थात् ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला लगाइएको छ।

कार्यालय प्रमुख कुलप्रसाद दवाडीले वार्षिक करिब सात हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएकामा बगैँचाको अवस्था हेरी सात हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको बताए।

यस वर्ष विभिन्न स्थानमा सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रमका कारण सुन्तला उत्पादन राम्रो हुने अपेक्षा गरिएको दवाडीले बताए। अघिल्ला वर्षमा भने रोगव्याधीका कारण लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतको हाराहारीमा गिरावट हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा वार्षिक रु ४० करोडभन्दा बढी रकम सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो।

“तुलनात्मक रुपमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सुन्तला राम्रो फलेको किसानबाट प्रतिक्रिया आए पनि बाढीपहिराका कारण बगैँचामा क्षति पुग्दा यस वर्ष पनि गिरावट भएको हो”, दवाडीले भने। उनका अनुसार कतिपय स्थानमा सुन्तला बगैँचा नै बगाएको छ। सुन्तला उत्पादनका लागि जिल्लाको पनौती, धुलिखेल र नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रका रुपमा मानिने गरिन्छ।

बाढीपहिरोले पकेट क्षेत्रअन्तर्गत नमोबुद्ध, बेथानचोक, सुन्थान तथा कुशादेवी क्षेत्रमा सुन्तलाको बगैँचा बगाएको कार्यालयले जनाएको छ। “क्षतिको विवरण आइरहेको छ, यकिन तत्थ्याङ्क आउन बाँकी छ”, दवाडीले भने। बेथानचोक–४ सञ्जेल गाउँका किसान शङ्कर सञ्जेलको एक सय ५० सुन्तलाको बोटमध्ये एक सय बोट बाढीले बगायो। यस वर्ष राम्रो आम्दानी हुने आशामा बस्नुभएका सञ्जेलले गत असोजमा आएको बाढीपहिराले बगैँचामा क्षति पुर्‍याउँदा अपेक्षा गरिएअनुसार आम्दानी गर्न नसकेको बताए। सोही गाउँपालिका–४ हाडडोलको कान्छी कोइरालाको २५ रोपनीमा लगाएको तीन सय बोट सुन्तलामध्ये फलिरहेका करिब ५० बोट बगाएको सो वडाले जनाएको छ।

यस्तै सोही वडाका कृष्णबहादुर लामाको एक सय १२ बोटमध्ये २८ सुन्तलाका रुख यसपाली पहिरोले बगाएको छ। गाउँपालिका कार्यालयका अनुसार बाढीपहिरोबाट पालिकाभर एक सय १४ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटमा क्षति पुगेको जनाएको छ। त्यस्तै नमोबुद्ध–९ स्थित डाँडागाउँमा प्रेम लामाको पाँच रोपनीमा लगाएको एक सय ३५ बोट सुन्तलामध्ये पहिरोले १७ वटा सुन्तलाका रुख बगायो। नमोबुद्धको १, २, ८, ९, १० र ११ नं वडास्थित करिब १३ हेक्टरमा गरिएको सुन्तलाखेतीमध्ये बाढीपहिराले छ हेक्टर क्षेत्रफलको सुन्तलामा क्षति पुग्नुभएको नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

गत वर्षको चैतदेखि जिल्लामा सुन्तला जोगाउन किसान जागरण अभियान तथा सुन्तला सुधार कार्यक्रमले सुन्तलाको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो। सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत बगैँचाका बोट सुक्ने, मर्ने, फलको गुणस्तरमा कमी आउनेजस्ता समस्या किसानले भोग्नु नपरोस् भनी जागरुक गराइन्छ। सुरुमा सुन्तलाको बगैँचाबाट राम्रो उत्पादन हुने तर केही वर्षपछि उत्पादन घट्ने र बगैँचा अनुत्पादित भएर बोट मर्नसक्ने भएकाले किसानलाई समयमै जानकारी गराउन विभिन्न स्थानमा तालिमको आयोजना गरिएको कृषि कार्यालय प्रमुख दवाडीले बताए।

दवाडीका अनुसार जागरण अभियानमा बगैँचा स्थानको भौगोलिक विशेषता, स्याहारसम्भार, मलजल, रोगकीरा आदि राम्रो व्यवस्थापन गरे किसानले सुन्तलाखेतीबाट राम्रो लाभ लिनसक्ने भएकाले सुन्तलाजात फलफूल बगैँचामा देखापर्ने यस प्रकारको समस्याका कारण यस क्षेत्रमा किसान सचेतीकरण र उपचार गर्न जागरण कार्यक्रम अघि सारिएको थियो। सुन्तालको फल झर्ने समस्या न्यूनीकरणका लागि किसानलाई किटनाशक औषधि र बिरुवाका लागि ‘प्रोटिन–ब्रेट’समेत वितरण गरिएको थियो।

यस्तै कार्यालयले पछिल्ला वर्षसम्म सुन्तलाका लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा स्थलगत अनुगमनका क्रममा ‘सुक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएपछि जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचामा पुर्नजाग्रित गराउन विभिन्न स्थानका पुरानो बगैँचामा सुन्तलाको बोटमा उपचार गरेको थियो।

पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, एजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार गरिएको दवाडीले बताए।

कार्यालयका अनुसार सुन्तला बोटको उपचारअघि जिल्लाभर करिब २० प्रतिशतमा औँसा कीराको प्रकोप देखिएको थियो। सुन्तला किसिनका अनुसार सो प्रकोपका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत जति कुहिएर झन गर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?