जातीय विभेद गरी मानसिक चोट पुर्‍याए पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना प्रस्ताव

जातीय विभेद गरी मानसिक चोट पुर्‍याए पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना प्रस्ताव
+
-

काठमाडौँ – जनमत पार्टीका सांसद सिके राउतले जातीय भेदभावविरुद्धको कानुन बनाउन संसद्‌मा विधेयक दर्ता गरेका छन्।

राउतले ‘जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिसिसभा सचिवालयमा दर्ता गरेका हुन्। उनले जातीय भेदभावविरुद्ध विशिष्टीकृत कानुन बनाउन निजी विधेयक संसद् सचिवालयमा दर्ता गरेका हुन्।

जातीय भेदभावविरुद्ध रहेका कानुनहरु पूर्ण नभएकाले त्यसलाई अन्त्य गरी एकीकृत कानुन बनाउने प्रस्ताव राउतले गरेका हुन्।

प्रस्तावित विधेयकमा अन्तरजातीय विवाह रोक्न नहुने, भइसकेको विवाह अन्त्य गर्न नहुने, जन्मिएको बच्चाको न्वारनलगायत सामाजिक साँस्कृतिक कर्म गर्न रोक लगाउन नहुने उल्लेख छ। यदि कसैले अन्तरजातीय विवाह हुन नदिने वा भइसकेको विवाह विच्छेद गराउँछ भने त्यस्ता व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय र दश हजारदेखि तीस हजारसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, कसैले जातीय आधारमा शारीरिक वा मानसिक रुपमा चोट पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय र तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ।

तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीसदेखि ५० हजार जरिवाना प्रस्ताव गरिएको कसुरमा भनिएको छ, ‘जातीय समूह वा समूहहरूका सदस्यहरूउपर गम्भिर शारीरिक वा मानसिक क्षति हुने गरी चोट पुर्‍याएर, उनीहरुको स्वतन्त्रता वा प्रतिष्ठाको उल्लङ्घन गरेर वा उनीहरुलाई यातना वा क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिएर।’

विधेयकमा जातीय विभेदविरुद्धको कसुरलाई सरकारवादी हुने गम्भीर फौजदारी अपराधका रुपमा परिभाषित गर्न प्रस्ताव गरिएको छ। जातीय आधारमा गरिने कसुरलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ अन्तरगतको मुद्दाका रुपमा लिन प्रस्ताव गरिएको छ।

के के गरे जातीय छुवाछुत तथा विभेद हुन्छ?


  • जातीय समूह वा समूहहरुका सदस्यहरूको हत्या गरे
  • जातीय समूहवा समूहहरुका सदस्यहरूउपर गम्भीर शारीरिक वा मानसिक क्षति हुने गरी चोट पुर्‍याएर, उनीहरुको स्वतन्त्रता वा प्रतिष्ठाको उल्लङ्घन गरेर वा उनीहरुलाई यातना वा क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिए
  • कुनै स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाए
  • व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गरेमा
  • जातीय समूहवा समूहहरुका सदस्यहरु स्वेच्छाचारी पक्राउ गरी गैरकानूनी रुपमा थुनामा राखेमा
  • कुनै जातीय समूह वा समूहहरुलाई देशको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक जीवनमा सहभागी हुनबाट रोक्ने हिसाबले गरिएका कुनै पनि कानुनी र अन्य उपायहरू तथा जातीय समूह वा समूहहरूलाई काम गर्न पाउने अधिकार, मान्यताप्राप्त ट्रेड युनियन खोल्न पाउने अधिकार, शिक्षाको अधिकार, आफ्नो देश छोड्न तथा फर्कने अधिकार, राष्ट्रियताको अधिकार, स्वतन्त्रतापूर्वक आवतजावत र बसोबास गर्ने अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार, शान्तिपूर्वक भेला हुन पाउने अधिकारबाट बाधा अवरोध गरेमा
  • जातीय समूह वा समूहहरुका सदस्यहरुलाई बलयुक्त श्रममा उनीहरुको श्रमका शोषण गरेमा
  • रंगभेदको विरोध गरेबापत संघसंस्था र व्यक्तिहरुलाई मौलिकअधिकार र स्वतन्त्रताहरुबाट वञ्चित गरी उनीहरुलाई सास्ती दिने कार्य गरेमा
  • कसैले पनि जाति, रंग वा राष्ट्रियता वा उत्पत्तिको आधारमा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी–जानी सहभागी भएमा
  • कुनै पनि व्यक्तिलाई जाति, रंग, क्षेत्र, भेषभूषा वा राष्ट्रियता वा उत्पत्तिको आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गराएमा
  • कसैले जाति, रंग, क्षेत्र, भेषभूषा, वा राष्ट्रियता वा उत्पत्तिको आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गरेमा
  • प्रचलित कानूनबमोजिम उमेर पुगेका वर–वधुबाट मञ्जूर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई जाति, रंग, क्षेत्र, भेषभूषा वा राष्ट्रियता वा उत्पत्तिको आधारमा रोक लगाउन, त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर लगाएमा
  • श्रव्य–दृश्य सामग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्यकुनै तरिकाले कुनै जाति, रंग, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिको आधारमा कसैलाई उचनीच दर्शाउने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा अन्य कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गरेमा।
प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’