
काठमाडौँ- संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक बसिरहेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत हुने कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको बैठकमा बजेटको अर्धवार्षिक समीक्षा, अर्थ समितिका सभापति सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
अहिले सांसदहरूले समसामयिक विषयमा बोल्ने क्रम जारी छ।
तस्बिरहरूः