अभिनेता राजबल्लभ कोइरालासँग कुराकानी

राज्यले कलाकारको संरक्षण गर्न नसकेर पलायन नै हुनुपर्‍यो

+
-

एक दशक अघि ‘हाइवे टु धम्पुस’ नेपाली पृष्ठभूमिको अंग्रेजी चलचित्र खेलेसँगै अमेरिका पुगेका थिए अभिनेता राजबल्लभ कोइराला।

‘हलिउडमै जम्ने भए राजबल्लभ’ भनेर नेपाली चलचित्रवृत्तमा कुराकानी हुने गरेकाे थियो। तर उनी सामाजिक सञ्जालबाहेक अन्त देखिएनन्। हलिउड त के, नेपाली चलचित्रलाई पनि उनले निरन्तरता दिन सकेनन्। न त नेपाल नै फर्किनसके।

अमेरिका भासिएको करिब दश वर्षपछि एकाएक उनी चलचित्र ‘एक्टरः टेक वान’मा देखा परे। उनी भन्छन्, ‘म बिचबिचमा नेपाल आइरहेको हुन्थे तर पारिवारिक कारणले। यसपालिचाहिँ एक्टर:टेक वानका लागि आएँ, कलाकार भएर।’

गोपीकृष्ण मूभिजको व्यानरमा बनेको ‘पर्खिबसे’ खेलेपछि पछाडि फर्किएर हेर्नै परेकाे थिएन। लगातार हिट चलचित्र दिएका थिए। छोडी गए पाप लाग्लादेखि ‘अपवाद,’ ‘मसान’ जस्ता स्तरीय चलचित्रमा उनले काम गरे। निरन्तर काम पनि पाएकै थिए। उनी भन्छन्, ‘चलचित्रमा राम्रै काम पाइरहेको थिएँ त्यो लामो समय जानेवाला देखिनँ र उतै बसें।’

यत्तिका वर्ष फिल्म किन छुट्यो भन्ने जिज्ञासामा उनले भने, ‘अमेरिकाको व्यस्त लाइफले चलचित्रमा कम व्याक हुन सकिनँ। मेरो, म मात्रै हुन्थे भने उहिल्यै चलचित्रमा फर्किन्थे हुँला तर मेरो श्रीमती, छोरी, आमा, परिवारका लागि अल्झिएँ।’

अमेरिका पुगेकाहरूको व्यस्ताले राम्रै कलाकार पनि नेपाल फर्किन सक्दैनन् तर ढिलै सही राजबल्लभ नेपाली चलचित्रमा फर्किए।

‘हाइवे टु धम्पुस’ सम्पादनको क्रममा राजबल्लभले हलिउड चलचित्रमा संघर्ष गर्ने कोसिस नगरेका होइनन्। उनी लस एन्जल्स पुगे। चलचित्र हाइवे टु धम्पुसको सम्पादनको क्रममा बसे। भाषामा सघाए। र पनि उनले हलिउडमा काम गर्न सकेनन्, किन?

‘हलिउडमा पुग्न गाह्रो छ। पहिला त मेनेजर, वकिल चाहिँदोरहेछ। त्यो हाम्रो लागि गाह्रो हो। दश वर्षमा पनि म हलिउडमा जम्न सक्दिन भन्ने लागेपछि नेपाली चलचित्रमा पछि फर्किने गरी अमेरिकामा नै फरक केही गर्नुपर्छ भन्ने लागेर काम गरिँदै गइयो। समय आएपछि चलचित्र पनि खेलियो,’ उनले भने।

राजबल्लभका लागि नेपाली चलचित्र क्षेत्रमा प्रशस्त अवसर थियो। राम्रो अभिनेताका छवि बनाएका थिए। गोपीकृष्ण मूभिजको व्यानरमा बनेको ‘पर्खिबसे’ खेलेपछि पछाडि फर्किएर हेर्नै परेकाे थिएन। लगातार हिट चलचित्र दिएका थिए। छोडी गए पाप लाग्लादेखि ‘अपवाद,’ ‘मसान’ जस्ता स्तरीय चलचित्रमा उनले काम गरे। निरन्तर काम पनि पाएकै थिए। उनी भन्छन्, ‘चलचित्रमा राम्रै काम पाइरहेको थिएँ त्यो लामो समय जानेवाला देखिनँ र उतै बसें।’

‘कलाकारको राम्रै कमाइ हुँदाको बाबजुद पनि पलायन हुनुको कारण राज्य देख्छन् उनी। राज्यले कलाकारको संरक्षण गर्न नसकेरै पलायन हुनु परेका हाे,’ उनले भने।

नेपाली चलचित्रमा अहिले थुप्रो सम्भावना देख्छन्। र उनी आफूले संघर्ष गरिरहेको समयमा सीमित चलचित्र बन्थे। न त राज्यको सहयोग थियो न त चलचित्र धेरै बन्थ्यो । त्यसो हुँदा अभिनयले निरन्तरता पाउला भन्नेमा ठूलै अन्यौल थियो । चलचित्रको बजार पनि सानो थियो ।

‘मैले काम गरिरहेको समय चलचित्रको बजार अहिलेको जस्तो हुन्थ्यो भने अमेरिका बस्थिनँ हुँला, अहिले मेन लिड गर्ने अभिनेताहरूलाई यहीँ प्रशस्त छ। हिरोको माग पनि छ र निर्माताहरू हिरोमा लगानी गर्न पछाडि पनि हट्दैनन्,’ उनले भने, ‘अहिले नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजार पुग्न सक्ने बनेको छ। यसो हुँदा बजार पनि ठूलो भयो र कलाकारले निरन्तर काम पनि पाउने भए।’

एउटा कलाकारलाई लागि हिरो नै सबैथोक होइन। कलाकारले हरेक भूमिका गर्न सक्नुपर्छ। मलाई भिलेनमा खेल्दा मजा नै आयो। यो मेरो नयाँ अनुभव पनि हो।

पोखारा स्थायी घर भएका राजबल्लभले आफ्नो करिअर रेडियो एफएमबाट सुरु गरेका थिए। त्यसपछि मोडलिङ हुँदै उनी नेपाली चलचित्रमा प्रवेश गरे, जसले एक दश एकछत्र राज गरे।

कुनै समय हिरोको छवि बनाएका राजबल्लभ चलचित्र एक्टरः टेक वानबाट भिलेनमा देखिए। उनलाई हिरोको लागि अवसर नपाएका होइनन् तर चित्त बुझ्दो कथा नभएकाले काम नगरेकाे बताउँछन्।

‘हिरोका लागि पनि अफर आएको थियो तर गरिनँ। स्क्रीप्ट चित्त नबुझेर खेलिनँ र मेरो आफ्नै व्यस्तताले पनि। तर अहिले स्क्रीप्ट मन पर्‍याे अनि खेलेँ,’ उनले भने, ‘एउटा कलाकारका लागि हिरो नै सबैथोक होइन। कलाकारले हरेक भूमिका गर्न सक्नुपर्छ। मलाई भिलेनमा खेल्दा मजा नै आयो। यो मेरो नयाँ अनुभव पनि हो।’

नेपाली चलचित्रमा जति नै काम गरे पनि एउटालाई पर्दा अर्को बोलिदिन्न भन्ने गुनासो पनि गरे— ‘एउटालाई पर्दा अर्को चुप बसिदिने। भेटघाट गर्न नचाहने वातावरण पनि थियो हाम्रो समय । गुठ उपगठमा काम गर्थे,’ उनले भने।

तर राजबल्लभ त्यसखालको वातावरण अहिले पनि देख्छन् र पनि काम प्रशस्त भएकाले गुठउपगुठ मौलाउन नपाएको बताउँछन्।

‘काममै ब्यस्त हुन थालियो भने एकअर्काको कुरा काट्ने, लडाउने, भिडाउन जस्ता क्रियाकलापमा समय पुग्दैन नि,’ अहिले चलचित्रको अवस्था अन्तर्राष्ट्रिय स्तरमा पुगेकाे बताउँदै भने, ‘नेपाली चलचित्रले फड्को मारेको समय हो। चाहे व्यावसायिक हिसाबले होस् या स्तरीयताको हिसाबले होस्, चलचित्र राम्रा बनेका छन्।’

अभिनयका साथै राजबल्लभ कविता पनि कोर्छन्। भावुक स्वभावका राजवल्लभ फुर्सदका समयमा कविता लेख्दालेख्दै संग्रह नै निकाले। गए हप्ता मात्रै साहित्य पोष्टले प्रकाशनमा ल्याएको उनको कविता संग्रह ‘औरा’ले कवितावृत्तमा राम्रै चर्चा बटुल्याे।

अमेरिकामा आइटी इन्जिनियरको रूपमा कार्यरत राजबल्लभ नेपाली चलचित्र डायस्पोरामा बढी चल्न थालेको देख्छन्। ‘नेपाली चलचित्र विश्वभरि छरिएर बसेका नेपालीले हेरिदिने हो भने पनि नेपाली चलचित्रले नोक्सान बेहोर्नु पर्दैन,’ उनले भने।

राजबल्लभका अनुसार डायस्पोरामा चलचित्रको बाक्लै कुराकानी हुन गरेकाे छ। उनी भन्छन्, ‘चलचित्र हेर्ने मात्रै होइन अहिले डायस्पोरामा बसेका नेपालीले चलचित्र निर्माणदेखि वितरणसम्मका काम गरेका छन्, जसले बजार अझै फराकिलो हुन सकेको छ।’

अभिनयका साथै राजबल्लभ कविता पनि कोर्छन्। भावुक स्वभावका राजवल्लभ फुर्सदका समयमा कविता लेख्दालेख्दै संग्रह नै निकाले। गए हप्ता मात्रै साहित्य पोष्टले प्रकाशनमा ल्याएको उनको कविता संग्रह ‘औरा’ले कवितावृत्तमा राम्रै चर्चा बटुल्याे।

कलाकारले कविता कमै लेख्छन् तर उनले लेखे। प्रकाशनमा पनि ल्याए। तर उनले कहिलेदेखि लेख्थे त? ‘स्कुले जीवनदेखि नै कविता लेख्दै आएको थिएँ। पछि रेडियो, मोडलिङ हुँदै चलचित्रमा आएपछि कविता लेख्न पातलियो। तर जहाँ जतिखेर कविता फुर्थ्याे त्यो समय कोर्थेँ,’ उनले भने।

महामारी कोभिडको कारण धेरैले जीवन गुमाए भने कतिले आफन्त गुमाए। हर कोही जीवन र जगतका बारेमा चिन्तन गर्न थाले । उनले पनि गरे। कवितामार्फत् आफ्ना भावनाहरू लेखे। भन्छन्, ‘कोभिड पछाडि अचानक महसुस भयो कि हामी त जति बेला पनि यो दुनियामा नरहन सक्छौँ। मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि पनि यो कविता संग्रह ल्याएँ।’

ओरा उनको छोरीको नाम पनि हो। छोरीकै नामको औरा कविता संग्रहमा १ सय ११ कविता छन्।

कविताबाट आफ्ना भावना भन्नुका साथै नागरिकलाई सचेत पनि गराउन सक्ने बताउँछन् उनी। र त कविता सार्वजिनक कार्यक्रममा कवि विप्लप प्रतीकले उनकाे बारेमा भनेका छन्, ‘यो दुनियाँमा कवि नै यस्तो प्राणी होला जसलाई देश, समाज, मान्छे सबको चिन्ता छ। उनका कवितामा चिन्तासँगै शिल्प र दर्शनको बेजोड संगम भेट्न सकिन्छ।’

पूरा भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?