जनयुद्ध दिवसलाई कर्णालीका यी स्थानीय तहले दिए सार्वजनिक बिदा

जनयुद्ध दिवसलाई कर्णालीका यी स्थानीय तहले दिए सार्वजनिक बिदा
+
-

सिमकोट – माओवादी जनयुद्धको दिवसमा कर्णालीका तीन स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका छन्। जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले फगुन १ गते बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेका हुन्।

सिंजा गाउँपालिकाको कार्यपालिकाको माघ २९ गतेको निर्णयअनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले युद्धका क्रममा उक्त नगरपालिका क्षेत्रका ५५ जनाले सहादत समेत प्राप्त गरेकोले सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका फागुन १ गते यस नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक विदा दिइएको जनाएको छ।

यता, कालीकोटको पलाँता गाउँपालिकाले पनि सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। त्यसैगरि कालीकोट कै महावै गाउँपालिका, शुभकालिका गाउँपालिकाले र रास्कोट नगरपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेका छन्।

कर्णालीका ७९ ओटा स्थानीय तहमा पाँच नगरपालिका प्रमुख, १८ गाउँपालिका अध्यक्ष, ६ नगरपालिका उपप्रमुख, २१ गाउँपालिका उपाध्यक्ष, दुई सय २१ वडाध्यक्ष, दुई सय १५ महिला सदस्य, दुई सय २२ दलित महिला सदस्य, चार सय १५ वडासदस्य गरी कूल एक हजार एक सय २३ जना निर्वाचित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?