
काठमाडौं- बुधबार काठमाडौंको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको फुटेको पाइपको मर्मत थालिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मर्मतकाे काम गरिरहेको छ। खानेपानीको पाइप फुटेर पानी बाहिर निस्कदा बुधबार दिनभर बबरमहल क्षेत्र अस्तव्यस्त भएको थियो।
बबहरमहल क्षेत्रमा सडक विभागले पनि सरसफाइको काम गरिरहेको छ।
नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा पाइप फुटेको थियो।
पाइप मर्मत नहुँदासम्म बबरमहललगायत आसपासका क्षेत्रमा खानेपानी अवरुद्ध हुनेछ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले मर्मत छिट्टै सक्ने गरी गयरातीदेखिननै मर्मत कार्य थालिएको बताए।
थप तस्बिरहरू: