खार्पुनाथ गाउँपालिकाको याङ्चु र लाली बगरमा अझै बनेन पक्की पुल

खार्पुनाथ गाउँपालिकाको याङ्चु र लाली बगरमा अझै बनेन पक्की पुल
+
-

सिमकोट – सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्णाली नदी माथि दुई वटा पक्की पुलको निर्माण कार्य सुरु हुन सकेको छैन। पूर्वाधार बिकास कार्यालयले बहुवर्षीय योजनाका रुपमा निर्माण कार्य सम्पन्न गर्न चार वर्षे अवधि राखे कै कारण दुई वटा पक्की पुलको हालसम्म निर्माण हुन नसकेको हो।

कर्णाली नदी माथि खार्पुनाथ गाउँपालिकाको याङ्चु बगर र लाली बगरमा पक्की पुल निर्माण गर्न पुर्बाधार बिकास कार्यालय निर्माण कम्पनीसँग साढे दुई अगाडि सम्झौता गरेको भएपनि हालसम्म निर्माण कार्य अगाडि नवढेको होे। पुल निर्माणका लागि पटक पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको कार्यालयको भनाइ छ।। पुल निर्माणका लागि सम्झौता पत्रमा चार वर्षे अवधि राखेको कारण पुल निर्माण नहुनुको मुख्य कारण रहेको हो। निर्माणका लागि ताकेता गर्ने कार्य े भने जारी छ।

ती दुवै पुल निर्माणका लागि २०७९ साल जेठ २७ गते सम्झौता भएर २०८४ साल जेठ ११ गते सम्पन्न गर्ने मिति राखिएको छ। पुल निर्माणका लागि यति लामो अवधि राख्न नहुनेमा कार्यालयको यहीनेर कमजोरी रहेको उनले स्वीकार गरे। यसका लागि कार्यालयले सुर्या एजएम शृया जेभीसँग सम्झौता गरेको छ। जसमा याङ्चु बगरको पक्की पुल निर्माणका लागि १७ करोड लागत लाग्ने गरि बजेटको ब्यवस्था गरिएको छ भने लालि बगरका लागि चौध करोड लागत लाग्ने गरि सम्झौता गरिएको छ।

यी दुवै पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयले २०७७ साल मङ्सीर ८ गते बहुवर्षीय योजनाका रुपमा स्वीकृत दिदै बजेटको सुनिश्चितता गरेको थियो। यसअघि सडक सञ्जान नजोडिएको कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएको भने पन्छिने निर्माण कम्पनीलाई गत असारमा कर्णाली करिडोर खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिएपछि अब कुनै बहानाबाजी गर्ने छुट नभएको खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताए।

राज्यभन्दा निर्माण ब्यवसायी ठुलो देखिए कै कारण खार्पुनाथ गाउँपालिका–२,३ र ४ का वस्तीहरु सडक सञ्जालसंग जोडिन नपाएको उनको भनाइ छ। याङ्चु बगरमा पुल निर्माण नभएकै कारण वडा नम्बर ४ को तुम्लिङदेखि नल्नसम्म सडक निर्माण भए पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन। अर्को कुरा लाली बगरमा पक्की पुल नबन्दा हाल सो क्षेत्रको कर्णाली नदीमा तुईन निर्माण गरेर थाली र लाली गाउँका स्थानीय जोखिम उठाएर नदी वारपार गरि ररहेका छन्

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?