
सिमकोट – नेपाली कांग्रेस जिल्ला कार्यसमितिले भर्खरै नेपाल सरकारद्धारा नियुक्त भएका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष नरबहादुर रोकायालाई स्वागत तथा सम्मान गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिको नियमित बैठकमा अध्यक्ष रोकायालाई सम्मान गरिएको हो।
शुक्रबार दिउँसो दुई बजे बसेको बैठकले अध्यक्ष रोकायालाई सम्मान गरिएको कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले जानकारी दिए।
कांग्रेस भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएको अध्यक्ष रोकायालाई स्वागत गर्दै खादा लगाएर सम्मान गरेको थियो।
पार्टी कार्यालय बिपी स्मृति भवन सञ्चार टोलमा बसेको जिल्ला कार्यसमितिको बैठकले फागुन २५ गतेसम्म प्रदेश सभापतिले क्रियाशील सदस्यहरुको नवीकरण फारम जिल्ला कार्यसमितिले बुझाउने निर्णय गरेको छ भने त्यसपछि नयाँ सदस्यता बितरण गरिनेछ।
बैठक कांग्रेस हुम्लाका पार्टी सभापति सिंहको अध्यक्षतामा वसेको थियो भने पुर्वसभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी, सचिव कृष्ण बोहरा, कोषध्यक्ष बबिता शाही लगायतको उपस्थिति थियो।