आहा रारा गोल्डकपको फाइनल आजः उपाधिसँगै इतिहास रच्ने दुवै टिमको दाउ

आहा रारा गोल्डकपको फाइनल आजः उपाधिसँगै इतिहास रच्ने दुवै टिमको दाउ
+
-

पोखरा- आहा रारा पोखरा गोल्डकपको फाइनल खेल आज हुँदैछ । पोखरामा जारी २४ औं संस्करणको उपाधिका होडका लागि विभागीय टोली नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब भिड्न लागेका हुन् । यो खेल पोखरा रंगशालाको फुटबल मैदानमा दिउँसो २ बजे सुरु हुनेछ ।

उपाधि नजिक पुगेका पुलिस र ब्ल्याक बुल्स दुवै इतिहास रच्ने दाउमा छन् । ११ औं पटक फाइनल भिड्न लागेको नेपाल पुलिस क्बलले यो पटकको उपाधि उचाल्दै सर्वाधिक उपाधि जित्नेको इतिहास बनाउन चाहान्छ । उता ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि हत्याउँदै इतिहास लेख्ने दाउमा छ ।

पुलिसले ६ पटकसम्म आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ । उसो त मनाङ मस्र्याङदी क्लब पनि ६ पटकसम्म आहा राराको उपाधि जित्ने टोली हो । पुलिसले यसपाली विदेशी टोली ब्ल्याक बुल्सलाई पाखा लगाउँदै उपाधि जितेर मनाङलाई उछिन्ने सुरुमा छ । उपाधि जितेको खण्डमा पुलिस बन्नेछ आहा रारा पोखरा गोल्डकपको सर्वाधिक उपाधि जित्ने एक्लो टोली ।

पुलिसले आहा रारा पोखरा गोल्डकपको सुरुआत मानिने क्याराभान गोल्डकपसहित ६ पटक उपाधि जितेको छ । ४ पटक उपविजेता बनेको छ । पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इीतहास रचेको पनि छ । पुलिस २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो ।

अर्को सफल टोली मनाङले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा आहा राराको उपाधि जितेको थियो । यो पटक भने प्रतियोगितामा सहभागि नै भएन ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि तयार रहेको बताए । ट्रफी जितेर इतिहास बनाउने लक्ष्यले मैदानमा उत्रने उनी बताउँछन् । उनी भन्छन्, ‘ हामी लयमा छौं । हामीसँग स्टार खेलाडीको कमी भएपनि नयाँ खेलाडीमा युवा जोंश, आत्मविश्वास भएकाले उपाधि जित्नेमा ढुक्क छौं ।’

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले फाइनल खेल ५०/५० को हुने बताउँछन् । उनले उत्कृष्ट खेल्दै च्याम्पियन बन्ने दाबीसमेत गरे । ‘फाइनल खेल हो । जित दुबै टिमको लक्ष्य हो । हामी जित्नेगरी नै खेल्छौं’, उनको भनाइ थियो ।

पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हरायो । सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनलसम्म आइपुगेको हो । पुलिसका कप्तान राम वाजीले रणनीति अनुसार खेल्दै उपाधि पोल्टामा पार्ने बताउँछन् ।

ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकप खेल्न पोखरा आएको हो । बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न आएको उसले अर्को पाहुना टोली भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

सेमिफाइनलमा सानदार खेल्दै उसले आहा रारा पोखरा गोल्डकपमा पाँच पटकसम्म उपाधि जितेको थ्रीस्टारलाई ४–० गोल अन्तरले रोक्दै पुलिससँगको भिडन्त पक्का गरेको हो । ब्ल्याक बुल्सका कप्तान जाखोनजिरले फाइनलका लागि तयार रहेको सुनाए । राम्रो खेल्दै उपाधि जित्नेमा केन्द्रित हुने उनले बताए ।

अहिलेसम्म आहा रारा पोखरा गोल्डकपको उपाधि पुलिसले र मनाङले समान ६/६, थ्रीस्टारले ५, संकटा क्लबले २, सहारा क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र अफ्रिकन युनाइटेडले समान १/१ पटक उचालेका छन् ।

माघ २३ देखि प्रतियोगिता सुरु भएको थियो । यो पटक तीन विदेशीसहित १२ टोली सहभागी थिए । उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?