
नुवाकोट – नुवाकोटको बिदुर–४, बट्टारमा महिन्द्राले नयाँ आधिकारीक बिक्री–कक्ष संचालनमा ल्याएको छ । यस बिक्री–कक्षले महिन्द्राका ग्राहकहरूलाई बिक्री र मर्मतसम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टस्हरू पनि उपलब्ध गराउनेछ ।
अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेशसभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ्गले बिक्री–कक्षको सामूहिक उदघाटन गरे ।
नुवाकोट र आसपासका क्षेत्रका ग्राहकहरूको कम्पनीमा सिधा पहँुच र गुणस्तरीय सेवाहरू अझ सुलभ र कम खर्चिलो बनाइ ग्राहकहरूलाई अझ बढी फाइदा पु¥याउनु बिक्री–कक्ष स्थापनाको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
नुवाकोट क्षेत्रमा महिन्द्राको बिक्री–कक्षको स्थापनाले ग्राहकहरू र कम्पनीबिचको विश्वासको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
अग्नि समूह प्रा.लि. अन्तर्गत अग्नि इन्कर्पोरेटेड, अग्नि एनर्जी, अग्नि मोटो इन्क र बालाजु अटो वक्र्स पर्दछन् । सन १९९१ मा स्थापना भएको अग्नि समूह नेपालका लागि महिन्द्राका सवारी साधन तथा वाहनहरु, ट्रयाक्टरहरू, दुइपांग्रे सवारी साधनहरू, विद्युतीय कारहरू र जेनेरटरहरूको अधिकृत वितरक हो ।
यो कम्पनी अग्नि कन्स्ट्यान्ट ब्याट्री र केभिन इन्भर्टरको वितरक पनि हो ।