अब तत्कालै ‘यात्रा स्वास्थ्य बीमा सेवा’ बैंकबाटै लिन सकिने

अब तत्कालै ‘यात्रा स्वास्थ्य बीमा सेवा’ बैंकबाटै लिन सकिने
+
-

काठमाडौँ – नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ वैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ ।

बैंकले आफ्नो काउन्टरहरुबाट Visa International Pre-Paid Card, Bank Drafts र विदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागीे सम्पूर्ण आकाक्षी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ ।

यो पूर्णत नविन अवधारणालाई नबिल बैंकले सर्बप्रथम नेपाली बजारमा ल्याएको छ । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट वैदेशिक यात्रा स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् ।

‘मलाई विश्वाश छ कि ट्राभल बीमा सेवाको हाम्रा बैंकका सेवाहरुसँग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सक्षम हुनेछाैँ । साथै यसले विदेश यात्रा गर्ने व्यत्तिहरुलाई सुरक्षित र सुविधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ । बैंकिङ सेवाका साथ विदेश यात्राको लागि ग्राहकहरुका सुविधामा कटिबद्ध हुदै आएका हामी, अब बीमा सेवाको साथमा हाम्रा ग्राहकको सुरक्षामा पनि कटिबद्ध हुनेछाैँ। यो सेवाको लागि हामी प्रभु इन्सुरेन्स लिमिटेडसँग सहकार्य गर्न पाउदा ज्यादै हर्सित छौँ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?