
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीय नारा लेकमा जमेको हिउँमा हिँड्दै सदरमुकाम सिमकोट पुगेका छन्।
ब्यक्तिगत र सरकारी कामका लागि उहाँहरु लिमीबाट केहीलेनारा लेकसम्म घोडामा चढेर र त केही पैदल हिँडेर सिमकोट आई पुगेका हुन्।
वडाध्यक्ष तामाङ लिमीबाट दुई दिनमा सदरमुकाम सिमकोट आइपुगेको जानकारी दिए। यो समय लिमीबाट हिँडेर सिमकोट आउन सक्ने अवस्था हुँदैन थियो।
यस वर्ष नारामा कम हिउँ जमेकाले हिँडेर आउन सम्भव भएको उनले बताए। बालबालिका र ज्येष्ठ नागरिकलाई भने १३ वटा घोडामा नारा लेखसम्म ल्याइएको थियो।
नारा लेकमा एकदेखि दुई फिटसम्म जमेको हिउँ छिचोल्दै उनको टोली यारीको ठाडा ढुङ्गासम्म हिँडेर आएको थियो। नारा लेख चार हजार ६७० मिटर अग्लो उचाईबाट पार गर्नुपर्छ। त्यहाँबाट भने बोलेरो जीपमा सिमकोट आई आई पुगेका छन््। लिमीबाट सिमकोट आउने ४४ जना लिमीका वासिन्दा थिए।
उनले नारा लेकमा केही मौसम बिग्रेको कारण समस्या भएपनि अन्य त्यस्तो दुःख भने नभएको बताए। जसमा लिमीको हल्जी गुम्बाका लामादेखि पुजारी पनि आएका छन्। खाना भने घरबाटै तयार पारेर ल्याएका थिए।
वडाध्यक्ष तामाङले आफु काठामाडौंसम्म जानकारी दिए। अन्य ब्यक्ति भने केही आफ्नो काम र केही सरकारी कामले सिमकोट आएका हुन्।