
जनकपुरधाम – धनुषा प्रहरीले स्रोत नखुलेको करिब ४८ लाख रकम सहित मनिट्रान्सफरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने २६ वर्षीय जेनिस कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार आइतबार दिउँसो करिब १२ बजेको समयमा जनकपुरधाम ८ स्थित रहेको न्यू अनुस्का ट्रेडर्स नामक मनि ट्रान्सफरमा विभिन्न दरको ठूलो परिमाणमा शंकास्पद अवस्थामा रुपैया रहेको सूचनाको आधारमा साहलाई ४७ लाख ८४ हजार ६३५ रुपैयाँसहित पक्राउ गरिएको हो।
यस्तै, आइतबार नै भारतबाट जनकपुरधाम आउँदै गरेका भारतीय नागरिकलाई स्रोत नखुलेको १० लाख रकमसहित पक्राउ गरिएको हो। प्रहरी उपरीक्षक तिवारीले विशेष सूचनाको आधारमा मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले जनकपुरधाम ८ स्थित चेकजाँच गर्ने क्रममा भारतको बिहार राज्य सितामढी जिल्ला थाना परिहारग्राम पञ्चायत बराही वडा नं। ३, सहरराम गाउँ बस्ने ४२ वर्षीय जामुन नायकलाई पक्राउ गरिएको जानकारी दिए।