
काठमाडौँ – सामुहिक बलात्कारमा परेपछि आत्महत्या गरेकी सिरहाको नवराजपुर–१ की किशोरी रिंकुकुमारी सदा र भारतको उडिसामा विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रकृति लम्साको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
‘हन्ड्रेसड्स ग्रुप र एस टुगेदर वी क्यान’ समूहले मंगलबार माइतीघरमा प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा उनीहरूले ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा, प्रकृति लम्साललाई न्याय दे’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।