पौने ६ करोड लागतमा फिस्टुला अस्पताल सञ्चालन

पौने ६ करोड लागतमा फिस्टुला अस्पताल सञ्चालन
+
-

सुर्खेत-सुर्खेतमा पौने ६ करोडको फिस्टुला अस्पतालको सञ्चालनमा आएको छ। फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा अस्पताल सञ्चालन गरिएको हो।

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला अस्पताल सञ्चालन आएपछि यस क्षेत्रका फिस्टुला रोगीहरुले भरपर्दो उपचार पाउने भएका छन्। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्र १७ शैयाको फिस्टुला अस्पताल सञ्चालनमा आएको हो।

उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने भएको छ । फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीअनुसार हालसम्म फिस्टुला अस्पताल धरान र काठमाडौंमा मात्रै थियो।

आईएनएफले जिल्लामा प्रत्येक वर्ष फिस्टुलाको शिविर सञ्चालन गर्ने गरेपनि नियमित उपचारका लागि भने विरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। ‘अब आफ्नै भवनबाट दैनिक रुपमा विषशेज्ञ सेवा दिइनेछ,’ उनले भनिन्, ‘फिस्टुलाको उपचार निःशुल्क हुने हुँदा गरिब तथा असहाय विरामीलाई झनै सहयोग पुग्नेछ।’ उनका अनुसार फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार निःशुल्क गर्ने व्यवस्था छ।

बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाब थैली र यौनीद्वारमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुल भनिन्छ। ‘योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुवै चुहिने समस्या फिस्टुला प्वाल भएमा हुन्छ।’

उनले भनिन्,‘बच्चा जन्माउने व्यथा लामो हुँदा बच्चाको टाउको योनिमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनि मार्गको भागमा रक्तसञ्चार बन्द भई बन्द भएको भाग मर्न गएमा कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ। त्यस्तो प्वाल पिसाब थैली र योनीमार्गको बिचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाब चुहिरहन्छ।’

फिस्टुला लामो र कठिन प्रसव पीडाको कारणले हुने हुँदा फिस्टुला हुने स्थितिसम्म आएका महिलाहरुको बच्चाको पनि नजन्मदै मृत्यु भइसकेको हुन्छ। फिस्टुला उपचारमार्फत निको हुने समस्या हो।

फिस्टुला केन्द्र शुक्रबार औपचारिक रुपमा उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए।

विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुला नियन्त्रणमा चुनौती देखिएको क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.डम्बर खड्काले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?