
काठमाडौँ – विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियान लुइजी बुफोनो आइतबार नेपाल आइपुगेका छन्।
उनी केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टका रुपमा सहभागी हुन आइतबार बिहान नेपाल आइपुगेका हुन्।
उनले नेपाल आउने आफ्नो सपना पूरा भएको भन्दै फेरि पनि आउने बताए। पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको झण्डा युनिक लाग्थ्यो। नेपाल आउने सपना पूरा भयो, फेरि नेपाल आउँछु।’
उनले केही दिनअघि केपी ओली कप फुटबलको चिफ गेस्टका रुपमा नेपाल आउन लागेको र सबैसँग भेट गर्ने भन्दै भिडियो सन्देश जारी गरेका थिए।
केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालमा हुनेछ।