
काठमाडौँ – सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि माधवप्रदश घिमिरेको जन्मदिनको अवसरमा आइतबार लैनचौरस्थित निवासमा विशेष पूजा भएको छ ।
सय वर्षमा लागेका राष्ट्रकविको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आइतबार बिहान पारिवारिक जमघटमा विशेष पूजा भएको उनकी छोरी डा. किरण रेग्मीले बताएकी छन् ।
राष्ट्रकवि घिमिरेलाई जन्मोत्सवको शुभकामना दिन बिहान पूजाको तयारी हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी निवासमै पुगेकी थिइनन् । राष्ट्रकविको घरमा विशेष पूजा सकिएपछि दिउँसो जन्मोत्सवको विशेष कार्यक्रम हुँदैछ ।