आतंकवादविरुद्ध चीन र अमेरिकी सहकार्य

आतंकवादविरुद्ध चीन र अमेरिकी सहकार्य
+
-

एजेन्सी-पाकिस्तानमा सक्रिय आतंकवादीलाई नियन्त्रण गर्न अमेरिका र चीनले सहकार्य गर्ने भएका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक अधिकारीले यस विषयमा अमेरिकाले चीनसँग सहकार्य गरी पाकिस्तानमा सक्रिय आतंकवादीलाई ध्वस्त गर्ने बताएका छन् । यसमा पाकिस्तानलाई विश्वासमा लिने काम भइरहेको उनले बताएका छन्।

उनले नाम नखुलाउने सर्तमा यस्तो जानकारी दिएका हुन्। अफगान शान्ति र क्षेत्रीय स्थिरताका लागि अमेरिकाले यसो गर्नुपरेको उनले खुलासा गरेका छन् । चीनले पनि यस विषयमा पाकिस्तानलाई सम्झाउनुपर्ने अमेरिकी बुझाइ छ।

अमेरिका र पाकिस्तानबीच आतंकवादको विषयलाई लिएर गत सातादेखि सम्बन्धमा कटुता आएको छ। अमेरिकाले पनि पाकिस्तानलाई दिएको सहयोग कटौती गर्ने घोषणा गरेको छ । पाकिस्तानले पनि अमेरिकाले झूट बोलेको र आफ्नो सहयोगको अवमूल्यन गरिएको बताउँदै आएको छ।

चीन र पाकिस्तानबीच आर्थिक करियरको चर्चा गर्दै उनीहरूबीच पुरानो सम्बन्ध र आर्थिक सम्बन्ध सुदृढ भएको उनले बताए। आतंकवादको समस्यालाई लिएर चीन र अमेरिकाबीच समान धारणा भएको उनको बुझाइ छ ।
चीनले पनि आफ्नो लगानी गरेको ठाउँमा आतंकवाद अन्त्य हुनुपर्ने विचार राखेको ती अमेरिकी अधिकारीले बताए।

यो पनि हेर्नुहोस्:

आतंकवादबिरुद्ध अभियानमा पाकिस्तानको अभियान प्रसंशनीय : चीन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?