
काठमाडौँ – नेपालको पहिलो र विशाल इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले आफ्ना देश व्यापी रुपमा फैलिएका उपभोक्ताहरुका लागि दशैँ तिहारको यस अवसरमा ‘महाचाड, महाबचत, महाअफर’ योजना बजारमा ल्याएको छ ।
यस ‘महाचाड, महाबचत, महाअफर’ अन्तर्गत ग्राहकहरुले वार्षिक Subscription मा ४४ प्रतिशत सम्मको महाबचत गर्न सक्नेछन् ।
यसै साथ उपभोक्ताहरुले १२ महिनाको लागि १९० भन्दा बढी च्यानलहरु भएको NETTV का साथै NETTV सेट–टप–बक्स समेत निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
महा चाडको यस महाअफर मार्फतग्राहकहरुले मात्र रु. ९९९ प्रतिमहिनामा २० एमबिपिएस, मात्र रु. १,१४९ मा ३० एमबिपिएसर मात्र रु. १३९९ मा ६० एमबिपिएस स्पिडको इन्टरनेटका साथै १२ महिनाको निःशुल्क NETTV कोे मज्जा लिन सक्नेछन् ।
यतिमात्र नभई यस अफर अन्तर्गत ग्राहकहरुले निःशुल्क जडानका साथै निःशुल्कFTTH Cable र Router प्राप्तगर्न सक्नेछन् । भायनेटको यो अफर कार्तिक ३०, २०७५ सम्मकालागि मात्र लागू हुनेछ ।
सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ ।