लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार, २२५ केजी गाँजासहित एकजना पक्राउ

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार, २२५ केजी गाँजासहित एकजना पक्राउ
+
-

विराटनगर- सुनसरीको धरानमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

बुधबार मध्यरात इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।

त्यस क्रममा २ सय २५ किलोग्राम गाँजासहित १ जनालाई नियन्त्रणमासमेत लिएको छ । टोलीले धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा गोली चलाएको हो ।

विशेष सूचनाकाे आधारमा टोलीले गाँजा बोकेर पैदल नै आउँदै गरेका व्यक्तिमा छानविन गरेका थिए । प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू फरार भएको प्रहरी सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा प्रहरीलाई देखेपछि विष्णुपादुकाबाट रेल–वेतर्फको चारकोषे झाडीभित्र गाजाको पोका फालेर उनीहरू फरार भएका थिए ।

यसक्रममा प्रहरीले फरार भएको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाउनु परेको उनले बताए । प्रहरी उपरीक्षक तिम्सिनाले  ‘टाइप–५४’ पेस्तोलबाट ३ राउण्ड हवाईफायर गरिएको बताए ।

त्यससँगै, धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले ९ वटा बोरा बरामद गरेको छ ।

बोराभित्र २ सय २५ किलाग्राम गाँजा रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । उनले भने, ‘९ वटा प्लाष्टिकका बोरामा ‘प्याक’ गरेको गरिएको २ सय २५ किलो गाँजासहित १ जनालाई पक्राउ गरिएको छ । अरु फरार रहेकाले खोजी जारी राखेका छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?