भेटाएको नागरिकतामा आफ्नो तस्बिर टाँसी ठगी गर्ने दुई जना पक्राउ

भेटाएको नागरिकतामा आफ्नो तस्बिर टाँसी ठगी गर्ने दुई जना पक्राउ
+
-

जनकपुरधाम- भेटाएको नागरिकतामा आफ्नो तस्बिर प्रयोग गरी ठगी गरिरहेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १२ घर भई हाल राजविराज ५ मा बस्ने २० वर्षीय अरुण कुमार यादव र राजविराज ५ बस्ने २८ वर्षीय अभिषेक यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले अरुणलाई राजविराज ७ स्थित गत आइतबार बेलुका ४ बजे र अभिषेकलाई राजविराज ५ स्थित बेलुका ५ बजे नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार २०८० साल असार महिनामा पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा फेला पारेका आरोपितहरुमध्ये अरुणले आफ्नो फोटो टाँसेर विराटनगरस्थित रहेको सिटिजन्स बैँकमा खाता खोली अन्य व्यक्तिहरुबाट लाखौँ ठगी गरिरहेको जाहेरी परेपछि दुवै जनालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?