
काठमाडौँ – यतिबेला इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमदान चलिरहेको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू दिनमा निराहार बस्छन्।
उर्दू क्यालेण्डरअनुसार रमदान महिना नवौँ महिना हो। रमदान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।
दान दिनु, गरीब र दीनदुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो।
रमदानका बेला मुस्लिम धर्मावलम्बी सामुहिक रूपमा नमाज पढ्ने गर्छन्। यसैबीच शुक्रबार पनि काठमाडाैँकाे काश्मिरी मस्जिदमा मुस्लिम समुदायले सामूहिक रूपमा नमाज पढेका छन्।