अन्तर्राष्ट्रिय महिला दिवस विशेष:

‘महिलालाई सबल बनाउन ग्रासरुटदेखि नै लाग्नुपर्छ’

‘महिलालाई सबल बनाउन ग्रासरुटदेखि नै लाग्नुपर्छ’
+
-

रोल्पाको सुदूर गाउँमा जन्मिएकी ईश्वरी जिएम प्रतिनिधिसभाको सदस्य हुन्। ३३ वर्षको उमेरमा एमालेको तर्फबाट सांसद बनेकी उनी, कान्छी सांसद्को रुपले पनि परिचित छिन्। नेकपा माओवादीको अखडा मानिएको रोल्पामा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी, संसदमा बलियो आवाज उठाउने महिला सांसद‍्अन्तर्गत पर्छिन्।

०६२ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति यात्रा आरम्भ गरेकी उनी पत्रकारिता पेशामा पनि आबद्ध थिइन्। उनी प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पा शाखाको सचिवसमेत भएकी थिइन्।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनको राजनीतिक रफ्तार पनि त्यहीँबाटै कुद्यो। संगठन निर्माणका क्रममा रोल्पासँगै आसपासका जिल्लाका महिलाहरूको मनोविज्ञानसमेत बुझ्ने अवसर पाएकी उनी भन्छिन्,’महिलालाई नेतृत्वतहमा ल्याउन ग्रासरुटबाटै राम्रो पहल गर्नुपर्छ।’

महिलाहरू चुनाव जितेर आए पनि मुख्य निर्णयमा पुरुषहरूको बर्चस्व रहनाले महिलाको उपस्थिति प्रतिनिधिमूलक हुन सकेन। दोस्रो दर्जाको नेतृ मान्ने मानसिकता अझै हट्न नसक्दा समस्या भयो।

समान अवसरको कमीका कारण महिलामा हुनुपर्ने जति व्यक्तित्व विकास नभएको बताउने उनी राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको पाइए पनि चुनौतीहरू धेरै रहेको पाउँछिन्।

संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरे पनि गुणात्मक रुपमा महिलाको सहभागिता प्रतिनिधिमूलक नरहेको उनको अनुभव छ। ‘३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी दक्षिण एसियामा राम्रो प्रगति मानिन्छ। तर, संख्यात्मक प्रतिनिधित्व मात्रै पर्याप्त छैन। महिलाले प्रभावकारी निर्णय लिन सक्ने वातावरण बनाउनुपर्छ। नेपालको सन्दर्भमा संविधानमै ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरिएकाले राष्ट्रपति, सभामुखलगायत उच्च तहमा महिला पुगेका छन्। अझै पुग्ने बाटो खुलेको छ। संघ, प्रदेश र स्थानीय तहमा महिला जनप्रतिनिधि उल्लेखनीय रूपमा बढेका छन्,’ उनी भन्छिन्।

महिला नेताहरूले समावेशी नीति, लैंगिक समानता, महिला हिंसाविरुद्ध कानुन जस्ता विषय उठाइरहेको भएपनि यसमा केही चुनौतिहरू पनि भएको उनी सुनाउँछिन्। महिलाहरू चुनाव जितेर आए पनि मुख्य निर्णयमा पुरुषहरूको बर्चस्व रहनाले महिलाको उपस्थिति प्रतिनिधिमूलक हुन नसकेको उनको जिकिर छ। ‘महिलालाई दोस्रो दर्जाको नेतृ मान्ने मानसिकता अझै हट्न सकेको छैन। महिला उम्मेदवारलाई चुनाव लड्न आवश्यक स्रोत-साधनको अभाव हुन्छ। क्षमतावान महिला भए पनि उनीहरूलाई अवसर र प्रशिक्षणको अभाव छ,’ उनी भन्छिन्।

यस्ता खालका समस्या समाधानका लागि सबै राजनीतिक दलहरूले आफ्नो पार्टीका वडादेखि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका कार्यकारी पदहरू साथै भातृ संगठनका कार्यकारी पदहरुमा उल्लेखनीय रुपमा महिलाहरु सहभागीता हुने वातावरण बनाउनुपर्ने उनको सुझाब छ।

मार्च ८ (अन्तर्राष्ट्रिय महिला दिवस)लाई उनले महिलाको हक, अधिकार, समानता र सशक्तीकरणलाई सम्मान गर्ने विशेष दिनको रूपमा लिन्छिन्। ‘यो दिनले महिलाले समाज, अर्थतन्त्र, राजनीति र अन्य क्षेत्रमा पुर्याोएको योगदानको कदर हुने उनको भनमई छ। महिलाहरूलाई आत्मनिर्भर बनाउने, उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार र निर्णय गर्ने अधिकार प्रदान गर्ने प्रक्रियामा जब महिला सशक्त हुन्छन् तब मात्रै समाज समग्र रूपमा समृद्ध हुन्छ भन्ने कुराको सुरुवात भएको दिनको रुपमा म यो दिनलाई चिन्दछु,’ उनी भन्छिन्।

पछिल्ला वर्षमा नेपालमा पनि महिला सशक्तीकरणमा सकारात्मक परिवर्तनहरू आएको उनी पाउँछिन्। तर, महिलाका राजनीतिक अधिकार कानुनी अधिकार, शिक्षामा पहुँच, आर्थिक अवसरहरू जस्ता विषयमा सुधार हुँदै गए पनि अझै धेरैं सुधार गर्नुपर्ने जरुरी रहेको उनको सुझाब छ। ‘महिला हिंसा, समान काम, समान ज्याला, लैंगिक भेदभाव जस्ता मुद्दाहरूमा अझ काम गर्न आवश्यक छ’ उनी भन्छिन्।

उनले राजनीतिमा क्रियाशील हुन चाहने महिलालाई आत्मविश्वासका साथ अघि बढ्न सुझाउँछिन्। ‘तपाईंको उपस्थिति मात्रै होइनन, राजनीतिक नेतृत्व भनेको समाज परिवर्तन गर्ने शक्ति हो। परिवर्तन देखिन अलि समय लाग्छ । बिचलित नहुनुहोस् भन्नले लाग्छ,’ उनी भन्छिन्।

साथै उनले समान विचार राख्ने महिला नेताहरु, युवा, तथा अनुभवी व्यक्तिहरूसँग सहकार्य गर्न उनको सुझाब छ। ‘एक्लैभन्दा मिलेर काम गर्दा प्रभावकारी परिणाम आउँछ,’ उनी भन्छिन्,’ राजनीति चुनौतीपूर्ण क्षेत्र हो, आलोचना र अवरोध आउन सक्छन्। तर, दृढ इच्छाशक्ति र धैर्यले तपाईंलाई अगाडि बढ्न मद्दत गर्छ।,’

महिलाको बलियो उपस्थिति राजनीति मात्र होइन, समग्र राष्ट्रको प्रगतिका लागि आवश्यक रहेको बताउँदै राजनीतिमा आउन चाहानेले समाजको प्रेरणादायी उदाहरण बन्न उनी सुझाउँछिन्। ‘समाज परिवर्तनको एजेन्डा बोकिरहनुहोस्। महिला, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण, हिंसाविरुद्धका नीतिजस्ता मुद्दामा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्,’ उनी भन्छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?