
चितवन– पूर्व-पश्चिम राजमार्गसँग जोडिएको चितवनको भरतपुर महानगरपालिकामा निर्माण भएको ६ लेन सडकले अहिले चितवनको सौन्दर्य थपेको छ। ६ लेन सडक यसै चिटिक्क देखिएपछि चितवनको सौन्दर्यमा उचाइ थपिएको हो।
कतिपय यहाँको सडकलाई विकसित देशको सडक पूर्वाधारसँग पनि जोडेर हेर्नेगर्छन्। नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किमि सडक अहिले ६ लेन बनेको छ।
२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम ३ पटक सम्म म्याद थप गरि हाल सम्पन्न भएको हो।
यस सडक विस्तारको लागि १ अर्ब ७६ करोड रुपैयाँ लागत लागेको थियो। सडकको दायाँ–बायाँ ११ दशमलव ५ मिटरको एक्सप्रेस लेन रहेको छ। त्यसको बिचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन्। नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ। सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ।
हालै मात्र यस सडकमा स्मार्ट सडक बत्तिको पनि सुभारम्भ गरिएको थियो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।