
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा राजसंस्था पक्षहरूको स्वागतको आकार र सम्भावित झडपको अवस्थालाई ध्यान राखेर सरकारले आइतबार विमानस्थलसँगै नारायणहिटी दरबार र निर्मल निवासवरिपरि पनि सुरक्षा व्यवस्था कडा पारेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न पोखराबाट काठमाडौँ आउने कार्यक्रम छ। उनले पोखरामै छँदा फागुन ७ गते आफूलाई साथ दिन सबैसँग आग्रह गरेका थिए।
उनको सन्देशपछि आइतबार उनी काठमाडौँ आउन लागेका अवसरमा उनको स्वागतमा उत्रन राप्रपाले सबैसँग आह्वान गरेको थियो। राजसंस्था पक्षधरहरूको आन्दोलन चर्कँदै जाँदा काठमाडौँमा सुरक्षा व्यवस्था बडा भएको छ।
नारायणहिटी दरबारभित्र र वरिपरि, ज्ञानेन्द्र शाहको निवास निर्मल निवास वरिपरि तथा विमानस्थलवरिपरि सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ।
विमानस्थलभित्र सवारी साधन प्रवेशमा कडाइ गरिएको छ भने हवाई यात्रुहरू पैदल नै विमानस्थलतर्फ गइरहेका छन्।
तस्बिरहरू: