
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने भएपछि उनको स्वागतका लागि हजारौँको संख्यामा राजसंस्था पक्षधरहरू विमानस्थल वरिपरि ओइरिएका छन्।
केही सातादेखि पोखरा बसाइमा रहेका पूर्वराजा शाह चार्टर्ड विमानबाट आइतबार अपराह्न काठमाडौँ फर्कँदै छन्।
उनी काठमाडौँ फर्केपछि विमानस्थलबाट उनलाई स्वागत गर्दै निर्मल निवास लैजाने तयारी राजसंस्था पक्षधरहरूले गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा ठूलो संख्यामा राजसंस्था समर्थकहरू विमानस्थल क्षेत्र पुगेका हुन्।
राजसंस्था पक्षधरहरूको आन्दोलन तथा प्रदर्शनका कारण अप्रिय स्थिति हुन सक्ने भन्दै सुरक्षा निकायहरूले पनि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका छन्।
तस्बिरहरू: