
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न पाोखराबाट काठमाडौँ आइपुग्दा हजारौँ सर्वसाधारणले उनको स्वागत गरेका छन्।
उनी केहीबेर विमानस्थलमै उच्च नेताहरू राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र राप्रपा नेपालका नेता कमल थापालगायतसँग छलफल गरेर बाहिर निस्केका थिए।
पूर्वराजा शाहले गाडीबाट टाउकाे निकालेर हात हल्लाउँदा सर्वसाधारणले उनीतर्फ हात हल्लाएका थिए।
पूर्वराजा समर्थकहरू बिस्तारै विमानस्थलबाहिर चक्रपथबाट तिलगंगाको बाटो निर्मल निवासतर्फ अघि बढेका छन्।
सोही क्रममा उनलाई हजारौँ सर्वसाधारणले साथ दिएका छन्।
राप्रपाका नेताहरू लिङ्देन, ज्ञानेन्द्र शाहीलगायतले पनि पूर्वराजा शाहको स्वागतमा उत्रिएकाहरूको भिडको नेतृत्व गर्दै अघि बढिरहेका छन्।
तस्बिरहरू: