मधेसमा सञ्चालित अधिकांश अस्पताल ‘अवैध’

मधेसमा सञ्चालित अधिकांश अस्पताल ‘अवैध’
+
-

जनकपुरधाम– मधेस प्रदेशमा सञ्चालनमा रहेको अधिकांश अस्पताल अवैध रहेको पाइएको छ। केही सातादेखि मुख्यमन्त्री सतिशकुमार सिंहले थालेको अनुगमनको क्रममा अधिकांश अस्पताल अवैध देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरले मुख्यमन्त्रीले अनुगमन गरेको ९६ वटा अस्प्तालमध्ये ५८ वटा अवैध रहेको बताए। उनले मुख्मन्त्रीले अनुगमनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त अस्पताल बन्द गरेको बताए।

यस्तै, सञ्चालन स्वीकृति रहेको तर नवीकरण नगराएको २३ वटा अस्पताललाई २ महिनाभित्र नवीकरण गराउन भनिएको छ। मुख्यमन्त्री सिंहले अहिलेसम्म अनुगमन गरेको अस्पतालहरुमध्ये १५ वटा अस्पतालसँग मात्र सञ्चालन स्वीकृति र नवीकरण रहेको छ।

अनुगमत समितिका सदस्य सचिवसमेत रहेका ठाकुरका अनुसार अनुगमनको क्रममा धनुषाको २२, रौतहटको २१, सर्लाहीको ९, महोत्तरीको ५ र पर्साको एउटा अस्पताल बन्द गरिएको छ। यस्तै, धनुषाको ९, पर्साको ४ तथा महोत्तरी र रौतहटको १।१ वटा अस्पताल वैध रुपमा सञ्चालित रहेको छ। यी १५ वटा अस्पतालले सञ्चालन अनुमति र नवीकरण गरेको ठाकुरले बताए।

सञ्चालन अनुमति लिएको तर नवीकरण नगरेको धनुषाको १७, महोत्तरी र पर्साको ३।३ वटा अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?