
सिमकोट- वर्तमान सरकारबिरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज कर्णाली प्रदेशको सुर्खेतमा सभा गर्ने भएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाले सुर्खेतमा उक्त सभा गर्न लागेको हो । सुर्खेतको खवरदारी सभाको सबै तयारी पूरा भएको राप्रपा हुम्लाका अध्यक्ष बिकास महतले बताए ।
सभाका लागि कर्णाली प्रदेशका दशवटै जिल्लाबाट राप्रपा नेता तथा कार्यकर्ताहरू सुर्खेत आउने क्रम जारी रहेको छ ।
सो सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देल, पूर्व अध्यक्ष पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, प्रवक्ता ज्ञानेन्द्र शाही र महामन्त्री कुन्ती शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनीहरू सबै सुर्खेत आइसकेका छन् । यसका लागि सोमबार सुर्खेतमा राप्रपा कर्णाली प्रदेशले मोटर साईकल र्याली आयोजना गरेको थियो ।