
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आयुष्मान भारत’ नामक स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले गरिब र समाजका वञ्चित वर्गमा स्वास्थ्य उपचार पुर्याउन उद्देश्यले आइतबार कार्यक्रम सुरु गरेका हुन् ।
योजनामा प्रति परिवारले पाँच लाख बराबरको स्वास्थ्य उपचार खर्च पाउनेछन् । सरकारले योजनाबाट दश करोड परिवारका ५० करोडभन्दा बढी नागरिक लावान्भित हुने दाबी गरेको छ ।
योजनामा गम्भीर प्रकृतिका रोगसहित एक हजार तीन सय प्रकारका रोगको उपचार हुने र पाँच लाख रुपैयाँ बिरामीको जाँच, औषधि र अस्पतालमा लागेको खर्च व्यहोरिने बताइएको छ ।
आलोचकहरुले भने प्रधानमन्त्री ओलीले देशलाई नै बेबकुफ बनाएको भन्दै टिप्पणी गरेका छन् ।
प्राथामिक उपचारको समेत सुविधा नभएको ठाउँमा यस्तो बिमा कार्यक्रम प्रभावकारी नहुने र निजी अस्पतालले फाइदा लिने आलोकहरुको दाबी छ । घोषणाअनुसार कार्यन्वयन गर्न सरकार ढुकुटीमा पैसा नभएको उनीहरुको जिकिर छ ।
यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ ।
भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु एक हजार तिर्नु पर्दछ ।
सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ ।