
काठमाडौं- नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन्। सोमबार एक्स्पो सकिएको एक्स्पो अवधिमा भएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ।
दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भिड लागेको एक्स्पोमा अधिकांस अवलोृकनकर्ताले सामान बुकिङ गरेका छन् । संघका अध्यक्ष राजेशकाजी अग्रवालले भने, ‘व्यापरका हिसावमा ठुलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरुमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजन गर्न उत्साहित बनाएको छ।’
जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको हो । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफुहरुलाई पनि उत्साहित बनाएको उनको भनाई छ । एक्स्पोलाई सिमल डेकोर, यती फ्लोरिगं, ग्लेन र डिलाइटले प्रायोजन गरेका थिए ।
एभरेष्ट इन्स्योरेन्सले एक्स्पोस्थलको बीमामा सहकार्य गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले एक्स्पोलाई प्रवद्र्धन गरेका थिए ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभागि थिए । ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनीमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरणका साथै बुकिङ भएका छन् ।
एक्स्पोका संयोजक सुभेन्द्र जोशीले विगत वर्षको तुलनामा व्यपार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले सेवाग्राही फर्निचरजन्य उत्पादनलाई अनिवार्य साधनको रुपमा लिन थालेको बताए । यसले आगामी दिनमा फर्निचरजन्य उत्पादनको व्यापार बिस्तार हुने उनको बुझाई छ ।
होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री अवलोकनकर्ताको आकर्षण बनेका थिए ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।