
काठमाडौं – एक रुपैयाँमा नै मोबाइल फोन ग्राहकलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले दशैं, तिहार र छठ पर्वको अवसरमा बैंकका क्रेडिट कार्ड भएका ग्राहकका लागि फेष्टिवल अफर ल्याएको छ ।
न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोन किस्ताबन्दीमा किन्दा विभिन्न किसिमका उपहार पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको हो ।
‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ नामक अफरअन्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले फाइदा लिन सक्नेछन् ।
अफरअन्तरगत सुविधा लिनको लागि क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजमा कुनै पनि ब्राण्डको स्मार्टफोन किन्न सकिने ईजी मोबाइल केयर प्रा.लिका संजित पौडेलले जानकारी दिए ।
कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकका लागि पनि सुविधा र अफर दिएको छ । ग्राहकले विभिन्न स्मार्टफोनहरुमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउने छन् । कम्पनीले पुराना फोनहरु साटेर नयाँ फोन किन्न सकिने एक्सचेन्ज सुविधा पनि दिइरहेको छ ।
ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।
यस कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराइने कम्पनीले जनाएको छ ।