
काठमाडौं – आइएमई लिमिटेड र भरोसा अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।
सुविधाका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता असोज ५ गतेदेखि दुई वर्षका लागि लागू हुने आइएमई ग्रुपका प्रमुख–जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जनाकारी दिए ।